"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिमा गृहमन्त्रीले जवाफ – प्रसाई पक्राउ परेका छन्,अनुसन्धान जारी छ

प्रकाशित मिति :  11 April, 2025 2:57 pm


काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई पक्राउबारे कानुन, न्याय तथा संसदीय मामिला समितिलाई जानकारी गराएका छन्। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले प्रसाई पक्राउ परिसकेको र घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताए।

‘दुर्गा प्रसाईजी पक्राउ पर्नुभएको छ। अनुसन्धान जारी छ,’ मन्त्री लेखकले बैठकमा भने। उनले तीनकुने घटका दाेषी पहिचान भइरहेको बताउँदै थप पक्राउको सम्भावना पनि रहेको बताए।

‘पक्राउ पर्ने क्रम अघि बढ्न सक्छ। जसजसको संलग्नता देखिन्छ उनीहरूलाई कानुनी दायरामा ल्याइन्छ,’ उनले स्पष्ट पारे।

गृहमन्त्री लेखकले लोकतान्त्रिक व्यवस्थामा हिंसा, अराजकता वा निरंकुश शैलीको खोजी कुनै पनि हालतमा स्वीकार्य नहुने धारणा पनि व्यक्त गरे। ‘लोकतन्त्रमा आगो लगाएर निरंकुशता खोज्नु उपयुक्त होइन,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी