"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिमा गृहमन्त्रीले जवाफ – प्रसाई पक्राउ परेका छन्,अनुसन्धान जारी छ

प्रकाशित मिति :  11 April, 2025 2:57 pm


काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई पक्राउबारे कानुन, न्याय तथा संसदीय मामिला समितिलाई जानकारी गराएका छन्। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले प्रसाई पक्राउ परिसकेको र घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताए।

‘दुर्गा प्रसाईजी पक्राउ पर्नुभएको छ। अनुसन्धान जारी छ,’ मन्त्री लेखकले बैठकमा भने। उनले तीनकुने घटका दाेषी पहिचान भइरहेको बताउँदै थप पक्राउको सम्भावना पनि रहेको बताए।

‘पक्राउ पर्ने क्रम अघि बढ्न सक्छ। जसजसको संलग्नता देखिन्छ उनीहरूलाई कानुनी दायरामा ल्याइन्छ,’ उनले स्पष्ट पारे।

गृहमन्त्री लेखकले लोकतान्त्रिक व्यवस्थामा हिंसा, अराजकता वा निरंकुश शैलीको खोजी कुनै पनि हालतमा स्वीकार्य नहुने धारणा पनि व्यक्त गरे। ‘लोकतन्त्रमा आगो लगाएर निरंकुशता खोज्नु उपयुक्त होइन,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद