"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिक्षक आन्दोलनले देशै भरिका विद्यालयमा बालबालिकाको भर्ना अभियान प्रभावित

प्रकाशित मिति :  15 April, 2025 9:34 am


काठमाडौँ – सरकारले नयाँ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियानमा लाग्न देशभरका विद्यालय र स्थानीय तहलाई निर्देशन दिए पनि नेपाल शिक्षक महासंघले उक्त अभियान बहिष्कार गर्ने निर्णय गरेको छ। शिक्षा ऐन माग गर्दै चार लाख शिक्षक कर्मचारीहरूले १४ दिनदेखि काठमाडौँको सडकमा प्रदर्शन गरिरहँदा देशभरका ७० लाख बालबालिकाको भर्ना तथा पढाइ प्रभावित भएको हाे।

आन्दोलन सशक्त बनाउँदै महासंघले भर्ना अभियान, परीक्षा र पठनपाठनका कार्यहरूमा भाग नलिने बताएको छ। शिक्षक महासंघले सोमबार नयाँ वर्षका दिन पनि काठमाडौँको माइतीघर- बानेश्वरमा प्रदर्शन जारी राख्यो। महासंघको मुख्य माग विद्यालय शिक्षा विधेयक तत्काल पारित गरेर ऐन जारी गर्नु हो।

महासंघका अनुसार यदि सरकारबाट यो माग पूरा हुँदैन भने आन्दोलन थप कडा हुनेछ। आन्दोलनबाट ७० लाख विद्यार्थीको भर्ना अभियान प्रभावित बनेको छ। महासंघले कक्षा १२ को परीक्षा, एसईई उत्तरपुस्तिका परीक्षणमा पनि शिक्षकहरूको सहभागिता नगर्ने निर्णय गरेको छ।

यसैबीच, सरकारले भर्ना अभियानलाई प्रभावकारी बनाउनका लागि सबैलाई यो अभियानमा सहभागिता जनाउन आह्वान गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराईले यस वर्षको भर्ना अभियानलाई सफल बनाउन सबैलाई सक्रिय हुन साेमबार आग्रह गरेका थिए।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार प्रारम्भिक बालविकासपछि कक्षा १ मा भर्ना हुने बालबालिका ७६ प्रतिशत, आधारभूत तहमा ९४ प्रतिशत र माध्यमिक तहमा ५६ प्रतिशत रहेका छन्। सरकारले शिक्षा ऐन निर्माण प्रक्रिया अगाडि बढाइसकेको र शिक्षकहरूको माग पूरा गर्न प्रयास जारी रहेको बताएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने