"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

प्रकाशित मिति :  16 April, 2025 11:46 am


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक आज साँझ ५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बैठक बोलाइएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा संयन्त्रको बैठक बोलाउने समझदारी भएको हो। सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धन भित्रैबाट प्रश्न उठिरहेका बेला दुई नेताले छलफल गरेर संयन्त्रको बैठक बोलाउने समझदारी गरेका हुन्।

सोमबार सचिवालयको बैठक राख्दै एमालेले सरकार परिवर्तनको हल्ला मात्रै चलाइएको बताएको थियो। सरकारका कामलाई अझै प्रभावकारी बनाउन प्रमुख दलबीच पर्याप्त छलफल गरेर जाने निर्णय एमालेले गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी