"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादीले ०८४ अघि सरकारमा गएर गल्ती गर्दैन : अध्यक्ष दाहाल

प्रकाशित मिति :  17 April, 2025 2:05 pm


काठमाडौँ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटि गर्ने पक्षमा आफू नरहेको  बताएका हुन् । 

जनतामा फेरि माओवादीप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ । ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं । त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ । सरकारमा चाहिँ ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ । सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ । बिल्कुल होइन,’ उनले भने ।

कुर्सीका लागि आफू जे पनि गर्न तयार नरहेको अध्यक्ष दाहालको भनाइ छ । उनले भने, ‘हामी अब फेरि त्रुटि गर्ने पक्षमा छैनौं । यदि कुर्सी प्राप्तिका लागि जे पनि गर्ने भए मेरो कुर्सी जाने वाला नै थिएन । म कांग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थे । यदि मैले भ्रष्टाचारविरुद्धको अभियान छोडिदिएको भए । राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरूलाई छोडिदिएको भए । या केही भ्रष्टाचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्नेवाला नै थिएन । ’

माओवादीले व्यवस्थाका लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महसुस भएको समेत बताए । उनले अभियानका क्रममा आफूहरूले विगतमा बाटो बिराएको र अहिले ठीक बाटोमा हिँडिरहेको आत्मविश्वास रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २