"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध तीन करोड २९ लाख भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  22 April, 2025 9:20 am


काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजनाअन्तर्गत गौरीघाटमा करारमा कार्यरत अमिन यादवविरुद्ध ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पदको दुरुपयोग गरी यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएपछि बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीविरुद्ध अख्तियारले २०६३ भदौ ८ देखि २०८१ असार ३० सम्मको अवधिमा आर्जन गरेको चलअचल सम्पत्ति अनुसन्धानको दायरामा ल्याएको थियो । स्रोत नखुलेको सम्पत्तिलाई अख्तियारले बिगो कायम गरेको हो ।

सो अवधिमा यादवको वैध आय २ करोड ४२ लाख २० हजार ३ सय १ रुपैयाँ ३० पैसा देखिएको र ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसा ऋणात्मक रही गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै बिगो बराबरको सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी लिएको छ । गैरकानुनी सम्पत्तिबाट बढे–बढाइएको हाल कायम सम्पत्ति गर्न पनि अख्तियारले दाबी गरेको छ ।

यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको र सोबाट बढे बढाएको सम्पत्ति पत्नी अमृताकुमारी यादवका नाममा समेत राखेको भेटिएको छ । अख्तियारले अमृताकुमारीका नाममा राखिएको गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । पदमा रहँदा यादवले घुसलगायत लेनदेनबाट गैरकानुनी आर्जन गरेको पनि अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने