"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिक्षकका मागहरू सम्बोधन गर्न माओवादीले सरकारलाई दबाब दिने

प्रकाशित मिति :  24 April, 2025 12:27 pm


काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरूलाई निर्देशन दिएका छन्।

बिहीबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले शिक्षक र कर्मचारीका समस्या समाधानका लागि पहल गर्ने भन्दै निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकारले चासो नदेखाएको अवस्थामा अन्य दलहरूसँग छलफल गरेर उनीहरूको समस्या समाधानका लागि पहल गर्ने निर्णय बैठकले गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘तराई-मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेकाले अभियानका क्रममा जनताले दिएका सुझावलाई सदनमा लैजान समेत प्रचण्डले निर्देशन दिएको पाण्डले बताए।

पाण्डेले विनासकारी भूकम्प गएको दिन बैशाख १२ गते शुक्रबार प्रचण्ड लगायतका नेताहरू गोरखाको बारपाकमा जाने र त्यहाबाट फर्किएर विपक्षी दलहरूसँग छलफल गर्ने जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद