"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता

प्रकाशित मिति :  27 April, 2025 12:13 pm


एजेन्सी – भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली राजदूत शंकरप्रसाद शर्माबीच भेटवार्ता भएको छ। शुक्रबार मन्त्री जयशंकरले राजदूत शर्मालाई भेटेर जम्‍मू-कास्मिरको पहलगाममा भएको आतंकवादी हमलाको क्रममा नेपाली नागरिक सुदीप न्यौपानेको हत्या भएको घटनामा समवेदना प्रकट गरेका हुन्।

‘नेपालका राजदूत डा. शंकरप्रसाद शर्मालाई भेटेर पहालगाम आतंकवादी हमलामा नेपाली नागरिकको हत्या भएको घटनामा समवेदना प्रकट गरेँ,’ उनले भने। यस्तै दुईदेश बीचको सम्बन्ध विकासबारे पनि छलफल भएको उनले बताए।

गत मंगलबार पहालगाममा आतंकवादी समूहले हमला गर्दा एक जना नेपालीसहित २६ जनाको हत्या भएको थियो। त्यस घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद समेत भएको थियो।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागी

काठमाडौँ- नेपाली सेनाका पूर्वरथी (जर्नेल) बालानन्द शर्मा परराष्ट्रमन्त्री भएका छन्। नवनियुक्त परराष्ट्रमन्त्री शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा

काठमाडौँ — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले