"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता

प्रकाशित मिति :  27 April, 2025 12:13 pm


एजेन्सी – भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली राजदूत शंकरप्रसाद शर्माबीच भेटवार्ता भएको छ। शुक्रबार मन्त्री जयशंकरले राजदूत शर्मालाई भेटेर जम्‍मू-कास्मिरको पहलगाममा भएको आतंकवादी हमलाको क्रममा नेपाली नागरिक सुदीप न्यौपानेको हत्या भएको घटनामा समवेदना प्रकट गरेका हुन्।

‘नेपालका राजदूत डा. शंकरप्रसाद शर्मालाई भेटेर पहालगाम आतंकवादी हमलामा नेपाली नागरिकको हत्या भएको घटनामा समवेदना प्रकट गरेँ,’ उनले भने। यस्तै दुईदेश बीचको सम्बन्ध विकासबारे पनि छलफल भएको उनले बताए।

गत मंगलबार पहालगाममा आतंकवादी समूहले हमला गर्दा एक जना नेपालीसहित २६ जनाको हत्या भएको थियो। त्यस घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद समेत भएको थियो।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच