"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति [बुँदा सहित]

प्रकाशित मिति :  30 April, 2025 9:44 pm


काठमाडौं – सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ । सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् ।

‘९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ,’ वार्तामा सहभागी एक सदस्यले भने ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।

नौ बुँदे सहमति 

१. शिक्षकहरुको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौंमा अवस्थित निजामति अस्पतालमा सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२. अस्थायी प्रकृतिका शिक्षक, राहत अस्थायी, करार, साविकको मावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने । सो बापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ठ रुपमा प्रदान गर्ने ।

३. बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकको सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजित व्यवस्था गर्ने । 

४. आगामी आर्थिक वर्ष २०८२-८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्धितिय, निम्न माध्यामिक तृतीय र माध्यामिक प्रथम श्रेणीका शिक्षकका लागि निजामति ग्रेड सङ्ख्या र रकम कायम गर्ने । 

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविकको उमावि, प्राविधिक धार र विशेष) कक्षाका सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने । 

६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७. नेपाल सरकारको मर्यादा क्रमको सूचीमा शिक्षकहरुलाई समावेश गर्ने ।

८. नेपाल शिक्षक महासङ्घको आन्दोलनको क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने । 

९. निम्न माध्यमिक तह प्राथमिक श्रेणीको शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीको शिक्षक सरह हुने गरी कायम गर्ने । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद