"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नीति तथा कार्यक्रम अनुसारको बजेट ल्याउन सरकारलाई कांग्रेसको सुझाव

प्रकाशित मिति :  3 May, 2025 8:00 pm


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई आग्रह गरेको छ। शनिबार नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारसँग यस्तो आग्रह गरेको हो।

सरकारको नीति तथा कार्यक्रम देशका प्राथमिकतालाई केन्द्रमा राखेर सुशासन प्रवद्र्धन गर्दै आर्थिक समृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको भूमिकालाई प्रभावकारी र सशक्त बनाउने निर्देशित रहेको देखिएकाले रचनात्मक सुझावसहित समर्थन गर्ने बैठकले निर्णय गरेको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्दै नीति कार्यक्रमअनुसार नै बजेट ल्याउन बैठकले सरकारसँग आग्रह गरेको बताए।

कांग्रेस संसदीय दलको बैठकले संसद र विषयगत समितिहरूमा गम्भीर, जिम्मेवार एवं प्रभावकारिताका साथ प्रस्तुत हुने निर्णय गर्दै संसद र विषयगत समितिका सम्पूर्ण गतिविधिहरू क्रियाशील रहन सांसदहरूलाई निर्देशन दिएको छ।

त्यस्तै सरकार र नेपाल शिक्षक महासंघबीच आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएअनुसार काम गर्न कांग्रेस संसदीय दलले प्रतिबद्धता जनाएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए।

कांग्रेस संसदीय दलको बैठकले भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणलाई क्रुर हत्याको घटना भनेको छ। आतंकवादीबाट घटाइएको अमानवीय घटनालाई संसदीय दलको बैठकले भत्र्सना एवं निन्दा गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको उनले बताए।

त्यस्तै वैशाख १८ गते भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको मृत्युप्रति समवेदना प्रकट गर्दै बैठकले घटनाको स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान गराउन आवश्यक कूटनीतिक पहलका लागि सरकारसँग माग गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद