"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रभावकारी बजेट बनाउन कांग्रेस सभापतिले दिए अर्थमन्त्रीलाई सुझाव

प्रकाशित मिति :  5 May, 2025 6:19 pm


काठमाडौँ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न सुझाव दिएका छन्। देउवाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग सोमबार भएको भेटमा यस्तो सुझाव दिएका हुन्।

‘देउवाले स्रोतको अधिकतम सदुपयोग हुने गरी बजेट निर्माण गर्न सुझाव दिनुभएको छ’, अर्थमन्त्री पौडेलले भने। अर्थ मन्त्रालयका अनुसार देउवा र पौडेलबीच आगामी आर्थिक वर्षको बजेट र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका बारेमा छलफल भएको थियो।

अर्थमन्त्री पौडेलले सभापति देउवासँग गभर्नर नियुक्ति चाँडै गर्ने र बजेटबारे परामर्श भएको बताए। ‘हालै सार्वजनिक भएको नीति तथा कार्यक्रमपछि बजेट निर्माण, त्यसको आकार र गभर्नर नियुक्तिका विषयमा छलफल भएको हो’, पौडेलले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने