"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वसांसद नेपालको निधनमा शोक प्रस्ताव पारित

प्रकाशित मिति :  7 May, 2025 10:14 pm


काठमाडौँ – प्रतिनिधिसभाले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

एमालेबाट २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । दिवंगत नेपाल पूर्वमन्त्रीसमेत थिए ।७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा नेपालको निधन भएको थियो ।

बैठकले नेपालको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले दिवंगत नेपालको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट उठेर मौन धारण समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद