"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टेरामक्स खरिद प्रकरण : कांग्रेस सांसद बस्नेत सहित १६ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  15 May, 2025 9:51 pm


काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै १६ जना विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले बिहीबार टेरामक्स खरिदको निर्णय गर्ने तत्कालीन सञ्चार तथा सूचना प्रविधी मन्त्री मोहन बस्नेत (हाल प्रतिनिधि सभा सदस्य) सहित १६ जना व्यक्ति र कम्पनीहरूविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

व्यक्ति तथा कम्पनी गरी १६ जना विरूद्धको भ्रष्टाचार मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो कायम गरेको छ।२०७४ भदौ २३ मा तत्कालीन सञ्चारमन्त्री बस्नेतले इन्टरनेशनल कल मोनिटरिङ र कल बाइपास नियन्त्रणका लागि उपयुक्त इक्विपमेन्ट र सिस्टम सञ्चालन गर्ने निर्णय गरेका थिए।

अख्तियारले मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गएर एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोअनुसार दूरसञ्चार प्राधिकरणबाट तत्कालीन पदाधिकरीहरूले मिलेमतो गरेको आरोपपत्रमा उल्लेख गरेको छ। प्रकरणमा मन्त्री बस्नेतसँगै  नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीसहितलाई अख्तियारले मुद्दा दायर गरेको हो। यी हुन बाँकी १५ जना —

१. दिगम्बर झा- प्राधिकरणका तत्कालीन अध्यक्ष

 २. पुरूषोत्तम खनाल- प्राधिकरणका तत्कालीन अध्यक्ष

३. धनराज ज्ञवाली- प्राधिकरणका सदस्य

४. टीका प्रसाद उप्रेती- सदस्य

५. विजयकुमार राय- प्राधिकरणका तत्कालीन  निर्देशक

६. रेवतीराम पन्थ- उपनिर्देशक

७. सुरेश बस्नेत – उपनिर्देशक

८. हिरण्यप्रसाद बस्ताकोटी- उपनिर्देशक

९. अच्युतानन्द मिश्र- उपनिर्देशक

१०. सुरेन्द्रलाल हाडा- निर्देशक

११. दिपेश आचार्य- निर्देशक

१२. सन्दीप अधिकारी- उपनिर्देशक

१३. परामर्शतादा भानराइज सोलुसन र सोका सिइओ जमल अनोती

१४. कनेक्टेड ट्रेड लिंक प्रालि र सोका अध्यक्ष दिलिप गुरूङ

१५. कनेक्टेड ट्रेड लिंक प्रालि र सोका निर्देशक तेजप्रसाद खरेल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद