"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति :  16 May, 2025 9:28 pm


काठमाडौँ – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो । 

पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा बोलाउनेगरी कानुन व्यवसायीको जिम्मा लगाउने गरी मिश्रलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । त्यसअघि बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नको कारण देखाउ र बन्दी उपस्थित गराउने आदेश गरेको थियो ।

गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक मंगलबार थप ५ दिन म्याद थप गरिएको थियो । राजावादीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको जनाएको छ ।

मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी सारिका कार्कीले वैशाख ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय