"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर [पूर्णपाठ]

प्रकाशित मिति :  23 May, 2025 10:07 pm


काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार उनलाई थुनामै राख्न आदेश दिएको हो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको आदेश सदर गर्दै सर्वोच्च अदालतको डा.नकहकुल सुवेदी तथा बालकृष्ण ढकालको संयुक्त इजलासले रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

रविको तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन्। सहकारी रकम ठगी गरेको अभियोगमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनकी पत्नी निकिता सर्वोच्च पुगेकी थिइन्।

उच्च अदालत बुटवलको आदेश आएलगत्तै प्रहरीले रविलाई चैत २२ गते काठमाडौँको बुढानिलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो। हाल उनी थुनुवाका रूपमा रूपन्देही कारागारमा छन्। सहकारी ठगी प्रकरणमा रविलाई एक करोड धरौटीमा छाड्न जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

न्यायाधीशद्व रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले दिएको आदेश बदर गरेर लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो। बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा उनी पक्राउ परेका हुन्।

बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएर आदेश आउने भएपछि ठूलो संख्यामा रास्वपाका कार्यकर्ताहरू सर्वोच्च अदालत र रूपन्देही कारागारअगाडि भेला भएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी