"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गलत काम भएको दिन राजनीतिमा देखा पर्दिनँ : गृहमन्त्री लेखक

प्रकाशित मिति :  24 May, 2025 5:38 pm


जनकपुरधाम – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रालयले त्यसको खण्डन गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार, आजै उक्त विषयबारे प्रष्ट पार्ने गरी मन्त्रालयले विज्ञप्ति जारी गर्नेछ ।

शनिबार बिहान धनुषा पुगेका गृहमन्त्री लेखकले त्यहाँस्थित पार्टी कार्यालयमा कार्यकर्ताहरूसँगको छलफलका क्रममा यसबारे जानकारी गराएका हुन् ।

‘ट्वीटरमा लेख्ने के के काम भइरहेका छन् । म दुई तिन दिन चुपो लागेर किन बसेको थिएँ भने यो कहाँबाट किन भइरहेको छ भन्ने बुझिरहको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ ।’

उनले यो विषयमा आफूले पार्टीपंक्तिको टाउको निहुराउने काम नगरेकाले चिन्ता लिनुपर्ने विषय नभएको पनि दाबी गरे ।

‘यसमा चिन्ता लिनुपर्ने, आत्तिनुपर्ने केही कुरा छैन । मैले जीवनभरि राजनीति गरेर कुनैपनि पार्टीको मन सानो हुने र टाउको निहुराउने काम गर्दिनँ,’ गृहमन्त्री लेखकले भने, ‘जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ । उठेका सबै विषय ठिक ढंगबाट छानबिन हुन्छ ।’

यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीतर्फ पनि अनुसन्धान सोझ्याएको छ । आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

विमानस्थल अध्यागमनबाट हटाइएकाहरूमध्ये अधिकांश नायब सुब्बा छन् । कतिपय अधिकारीहरूले अख्तियारको अनुसन्धान चलिरहेका बेला ती कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद