"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गणतन्त्रविरुद्ध हुने गतिविधि सहृय छैन : एमाले

प्रकाशित मिति :  25 May, 2025 6:02 pm


काठमाडौँ – एमालेले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सहृय नहुने बताएको छ । एमाले केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले जेठ १५ मा गणतन्त्र दिवस भव्य रुपमा मनाउन पार्टी संगठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ । 

राजावादीहरुले जेठ १५ मा प्रदर्शन गर्न लागेको सन्दर्भमा एमालेले त्यस्ता गतिविधि ‘गणतन्त्रको विपक्षमा हुने कुनै पनि अवाञ्छित गतिविधि’ सहृय नहुने र त्यसको प्रतिवाद गर्न एमालेले निर्णय गरेको छ ।

‘गणतन्त्रको रक्षा र विकासका लागि पूर्ण प्रतिबद्ध रहँदै भव्य रुपमा मनाउने निर्णय गरेको छ,’ एमाले सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय छैन ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले देशभर गणतन्त्र दिवस भव्य रुपमा मनाउने निर्णय गरेका बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी