"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गणतन्त्रविरुद्ध हुने गतिविधि सहृय छैन : एमाले

प्रकाशित मिति :  25 May, 2025 6:02 pm


काठमाडौँ – एमालेले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सहृय नहुने बताएको छ । एमाले केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले जेठ १५ मा गणतन्त्र दिवस भव्य रुपमा मनाउन पार्टी संगठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ । 

राजावादीहरुले जेठ १५ मा प्रदर्शन गर्न लागेको सन्दर्भमा एमालेले त्यस्ता गतिविधि ‘गणतन्त्रको विपक्षमा हुने कुनै पनि अवाञ्छित गतिविधि’ सहृय नहुने र त्यसको प्रतिवाद गर्न एमालेले निर्णय गरेको छ ।

‘गणतन्त्रको रक्षा र विकासका लागि पूर्ण प्रतिबद्ध रहँदै भव्य रुपमा मनाउने निर्णय गरेको छ,’ एमाले सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय छैन ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले देशभर गणतन्त्र दिवस भव्य रुपमा मनाउने निर्णय गरेका बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद