"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले गरे संसद् अवरुद्ध

प्रकाशित मिति :  27 May, 2025 2:24 pm


काठमाडौँ – गृहमन्त्री लेखकको भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध पारेका छन्। 

सभामुख देवराज घिमिरेले आजको बैठकको कामकारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।

पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताउँदै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका थिए । बैठकमा बोल्दै सांसद वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने चेतावनी दिए ।

उनले भने, ‘स्वयं गृहमन्त्रीज्यूले नै सरुवा गरेको व्यक्ति अध्यागमन कार्यालय प्रमुख रहेका छन्। उहाँको सचिवालय यसमा जोडिएको छ। अख्तियारले अपरेसन सुरु गरेको छ। उसलाई सानो माछा भनेर दुई दिनमै छोडिरहेको छ। ठूलो माछा को हो? अहिले नै हामी कसैलाई आरोपित गर्न चाहँदैनौँ। यसका लागि गृहमन्त्रीज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुस् भनेर हाम्रो विनम्र अनुरोध छ।’

अख्तियारले भिजिट भिसामा सेटिङ गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएको छ र उनीहरूको डिभाइसहरू अनुसन्धानका लागि पठाइएको छ।

राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने भन्दै विपक्षी दलहरूले सदनमा होहल्ला र नाराबाजी गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको