"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले गरे संसद् अवरुद्ध

प्रकाशित मिति :  27 May, 2025 2:24 pm


काठमाडौँ – गृहमन्त्री लेखकको भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध पारेका छन्। 

सभामुख देवराज घिमिरेले आजको बैठकको कामकारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।

पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताउँदै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका थिए । बैठकमा बोल्दै सांसद वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने चेतावनी दिए ।

उनले भने, ‘स्वयं गृहमन्त्रीज्यूले नै सरुवा गरेको व्यक्ति अध्यागमन कार्यालय प्रमुख रहेका छन्। उहाँको सचिवालय यसमा जोडिएको छ। अख्तियारले अपरेसन सुरु गरेको छ। उसलाई सानो माछा भनेर दुई दिनमै छोडिरहेको छ। ठूलो माछा को हो? अहिले नै हामी कसैलाई आरोपित गर्न चाहँदैनौँ। यसका लागि गृहमन्त्रीज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुस् भनेर हाम्रो विनम्र अनुरोध छ।’

अख्तियारले भिजिट भिसामा सेटिङ गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएको छ र उनीहरूको डिभाइसहरू अनुसन्धानका लागि पठाइएको छ।

राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने भन्दै विपक्षी दलहरूले सदनमा होहल्ला र नाराबाजी गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद