"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिपक्षको अवरोधले प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

प्रकाशित मिति :  27 May, 2025 6:49 pm


काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक प्रतिपक्षद्वारा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगन गरेका थिए । आधा घण्टापछि पनि बैठक सुचारु नभएपछि सूचना टाँस गरेर दिउँसो साढे २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बैठक सञ्चालन गर्न सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका नेताहरूसँग छलफल गरे पनि सहमति नभएपछि भोलि ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे राजीनामा माग्दै विपक्षी दलहरूले सदनमा माग गरेपछि अवराेध भएको हाे ।

सभाको आजको बैठक सुरु भए लगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका थिए ।

त्यसअघि सभामुख घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई सत्तापक्षका तर्फबाट बोल्ने समय उपलब्ध गराएका थिए । सत्तापक्षका सांसदलाई बोल्न नदिन रास्वपाका सांसदहरूले उठेर नाराबाजी गरेका थिए । सदनमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलका सांसदहरूले सत्तापक्षका सांसदहरूलाई बोल्न अवरोध गरेका थिए ।

रास्वपाका सांसद शिशिर खनालले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गरे । उनले सो प्रकरणमा सङ्गठित रूपमा भ्रष्टाचार भएको भन्दै एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नदिने जिकिर गरे ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा निर्दोष युवालाई लुटेर करोडौँको अवैध असुलीको र्‍याकेट चलिरहेको छ,’ सांसद खनालले भने, ‘गृहमन्त्रीले पठाउनुभएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदो रहेछ । तर किन उहाँलाई अध्यागमनमा पठाइयो । गृहमन्त्रीको पनि स्वार्थ जोडिएको छ ।’

यस्तै माओवादी केन्द्रका सांसद वर्षमान पुनले पनि गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको