"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौंका तीन स्थानमा मात्र प्रदर्शन गर्न प्रशासनको निर्देशन

प्रकाशित मिति :  1 June, 2025 10:46 pm


काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि तीन वटा स्थान तोकेको छ। आइतबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले तीन वटा स्थानमा मात्रै प्रदर्शन गर्न सिफारिस गरेअनुसार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आदेश जारी गरेका हुन्।

आदेश अनुसार अब सिफल चौर क्षेत्र, कोटेश्वरको आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकेको हो। यस स्थानमा बाहेक बढीमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्था विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

‘मिति २०८२/०२/१९ गतेदेखि लागु हुने गरी देहायका स्थानमा बाहेक बढीमा २ (दुई) महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ आदेशमा उल्लेख छ।

यस्तै कार्यालयसँग समन्वय हुने कार्यक्रमको हकमा भने तोकिए बमोजिम हुने उल्लेख छ। प्रशासनले यसअघि स्थान तोकेर निषेधित क्षेत्र घोषणा गरेको थियो। तर यसपालि प्रदर्शन गर्ने स्थानहरू तोकेर काठमाडौं जिल्लाका बाँकी स्थानमा प्रदर्शन गर्न निषेध गरेको हो।

‘प्रशासनले जारी गरेको आदेशमा उल्लेखित ठाउँमा चाहि प्रदर्शन गर्न पाइयो। अन्यत्र चाहि गर्न पाइएन,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले भने, ‘किनभने कतै प्रदर्शन गर्दा प्रशासनसँग अनुमति लिनुपर्छ। त्यसअनुसार नै सुरक्षा व्यवस्था मिलाइन्छ। तर जहाँ पनि गर्ने, सुरक्षा चुनौती भएकाले पनि यसरी आदेश जारी भएको हो।’

व्यापारिक क्षेत्रमा हुनसक्ने, यातायात अस्तव्यस्त भएकाले पनि त्यसलाई मध्यनजरमा राखेर प्रशासनले आदेश जारी गरेको उनले बताए। 

May be an illustration of blueprint and text



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले