"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा जुम्लाका शिक्षकविरुद्ध मुद्दा

प्रकाशित मिति :  22 May, 2026 3:23 pm


काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार न्यौपानेले माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।

उक्त नक्कली प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति लिई उनले शिक्षकको हैसियतमा सेवासुविधा तथा लाभ लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगले उनलाई विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अन्तर्गत कसुर कायम गरी सोही दफाबमोजिम सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जारी गरेको प्रेसविज्ञप्तिमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा