"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भरत ताल निर्माणमा पूर्वमन्त्री साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  23 July, 2026 10:55 pm


काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री, पूर्वमेयरसहित सात जनावरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरतकुमार थापालगायतविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो।

बागमती नगरपालिका–११ मा निर्माणाधीन भरत तालको दोस्रो चरणको निर्माण ठेक्का प्रक्रियामा प्रतिस्पर्धा सीमित गरी गैरकानुनी लाभ लिएको र सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको अनुसन्धानका क्रममा पुष्टि भएपछि आयोगले आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।

पहिलो चरणको मूल गुरुयोजना (डीपीआर) मा समावेश नै नभएका र आवश्यकता तथा औचित्यविनाका संरचना दोस्रो चरणमा थप गरी सरकारी रकम दुरुपयोग गरिएको आयोगको ठहर छ। दोस्रो चरणको ठेक्कामा प्रतिस्पर्धा सीमित गराउन बोलपत्रमा जटिला मापदण्ड राखी बिकोई/धुलिखेल जेभीलाई अनुकूल हुने गरी ठेक्का सम्झौता गरिएको आरोप अख्तियारको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध