"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पार्टीमा सबै पुस्ताका साथीहरूलाइ मिलाएर लैजान प्रतिवद्ध छु : सभापति थापा

प्रकाशित मिति :  23 July, 2026 10:44 pm


काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले मुलुकको पछिल्लो परिस्थितिअनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

पार्टीमा भित्र र बाहिर सरकारका निर्वाचनमा मात्र बढी केन्द्रित हुने प्रवृति बढेको उल्लेख गर्दै सभापति थापाले बीपीको आदर्श र त्यागबाट सिकेर निर्वाचन तथा राजनीतिसँगै परोपकार सेवा र कल्याणका कामका जोडिन नेताकार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘रिलबाट निस्केर रियल लाइफमा हेर्नुस्, अनिमात्र सर्वसाधारण जनताका आवाज सुनिनेछन्। दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्नुस्।’

उनले तीन तहका सरकारमध्ये कांग्रेस प्रदेश र स्थानीय तहका सरकारमा रहेको उल्लेख गर्दै संघीय सरकारमा मात्र प्रतिपक्षमा रहेको अवस्थामा आफ्नो क्षेत्रबाट जनजिविकाका सवालमा दत्तचित्त भएर अघि बढ्न आग्रह गरे। सभापति थापाले आगामी भदौ २४ गते बीपी जन्मजयन्तीको अवसर पारेर पार्टीका प्रत्येक सदस्य र समितिललाई मुलुक र जनताका लागि कुनै न कुनै प्रतिज्ञा गर्न आग्रह गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद