"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षकमाथि मुद्या दायर

प्रकाशित मिति :  8 July, 2026 10:49 pm


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शिक्षक गुन्जेश्वर मण्डलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली  पेस गरी शिक्षक पदमा नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीमाथि मुद्दा दायर गरेको हो । आयोगका अनुसार मण्डलले  पीसीएल र ब्याचलरको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोप छ ।

भारतस्थित बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटनाबाट आईएस्सी र चौधरी चरण सिंह विश्वविद्यालय मेरठबाट विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा उनले नियुक्ति लिएको पाइएको आयोगको आरोपमा पत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको

काठमाडौं – दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व

काठमाडौँ – नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान