"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाल्हीनन्दन गाउँपालिकाका पूर्वअध्यक्ष गुप्तामाथि भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  6 July, 2026 3:12 pm


काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरी परिवारका सदस्य र नातेदारको नाममा सम्पत्ति लुकाएको आरोप लगाएको हो । अख्तियारले उनीमाथि ३ करोड ४५ लाख रुपैंया भ्रष्टाचार गरेको भन्दै त्यति रकम विगो मागदाबी गरेको छ ।

गुप्ता असार, २०७४ देखि पाँच वर्ष पाल्हीनन्द गाउँपालिकाको अध्यक्ष थिए । उनले त्यो अवधिमा साढे तीन करोड रुपैंया गैरकानुनी रुपमा कमाएको भेटिएको अख्तियारको दावी छ ।

कुल ६ करोड ९७ लाख रुपैंया सम्पत्ति जोगेका गुप्ताले उनले ३ करोड ५१ लाख रुपैंया मात्रै वैध रुपमा आम्दानी गरेको अख्तियारको दाबी छ । अख्तियारले उनीसहित उनका बाबु वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको

काठमाडौं – दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व

काठमाडौँ – नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान