"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वराष्ट्रपति विद्या भण्डारी स्वदेश फिर्ता

प्रकाशित मिति :  2 June, 2025 4:23 pm


काठमाडौँ– १० दिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्या भण्डारी स्वदेश फर्किएकी छन्। एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चाइनिज फर एसोसिएसन अफ इन्टरनेशनल अण्डरस्ट्यान्डिङ संस्थाद्धारा आयोजित कार्यक्रममा सहभागी हुन गत जेठ १० गते चीन भ्रमणमा गएकी भण्डारी सोमबार नेपाल फर्किएकी हुन्।

चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायतका चिनियाँ नेताहरुसँग भेटवार्ता गरेकी थिइन्।

चिनको १० दिने भ्रमण समग्ररुपमा सफल रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जानकारी दिए। नेपाल र चिनको पुरानो सम्वन्ध, लामो समयदेखिको मित्रतालाई अझै सुदृढ गर्ने, दुइ देश बीचका सामझदारी, सम्झौताहरुलाई पुर्नजागृत गर्ने सदभाव भ्रमणको रुपमा रहेको मन्त्री भण्डारीले बताए। छलफलका क्रममा चिनियाँ पक्षबाट सहमतिलाई कार्यान्वयन गर्ने खालको प्रतिबद्धता व्यक्त भएको मन्त्री भण्डारीले जानकारी दिए।

चाइनिज फर एसोसिएसन अफ इन्टरनेशनल अण्डरस्ट्याडिङ सस्थाद्धारा आयोजित कार्यक्रममा ६० देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। नेपालका तर्फबाट पूर्वराष्ट्रपति विद्या भण्डारीले नेतृत्व भ्रमण टोलीमा नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण थापा लगायतको सहभागिता थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद