यातायात व्यवसायीसँगको छलफल सकारात्मक
काठमाडौं – गृह मन्त्री रमेश लेखकसहित यातायात व्यवसायीबिच सोमबार बिहानदेखि भएको छलफल सम्पन्न भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार गृह मन्त्रालयमा गृहमन्त्रीसहित, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको संयोजकत्वमा बैठक बसेको हो ।
प्रवक्ता तिवारीका अनुसार “भौतिक पूर्वाधार मन्त्रालयको सहसचिवज्यूको संयोजकत्वमा सरकारका तीन, चार वटा मन्त्रालयका प्रतिनिधि, यातायात व्यवसायका प्रतिनिधि बसेर यस संवादलाई अझ अगाडि बढाउने छलफल भएको छ ।” बैठकमा यातायात व्यवसायलाई थप व्यवस्थित एवम् मर्यादित बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
उनले भने, “कसरी सार्वजनिक यातायातलाई थप व्यवस्थित, मर्यादित बनाउन सकिन्छ भन्ने छलफल गर्दै जाने र कार्यान्वयन गर्न सकिने विषय कार्यान्वयन गर्न भन्ने छ । अब बैठक बसेर आन्द्योलन फिर्ता लिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।”













