"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  9 June, 2025 4:38 pm


काठमाडौँ — काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (सातौं तह) रामबाबु महतो कोइरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरीविरुद्ध ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरुपयोग गरी कोइरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ (साबिक नक्टाझिझ गाविस) स्थायी घर भई हाल काठमाडौंको चण्डोलमा बस्दै आएका कोइरी २०४६ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए । अख्तियारले सेवा प्रवेशदेखि ३० फागुन २०७८ सम्मको अवधिमा कोइरीको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो । यस क्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी लगायतमा भएको आर्थिक कारोबार, जग्गाजमिन, इन्स्योरेन्स, शैक्षिक संस्थामा गरेको लगानीलगायतको स्रोत खुलेको सम्पत्तिको तुलनामा बिगो कायम गरिएको सम्पत्ति बढी देखिएको अनुसन्धानबाट खुलेको हो । यही स्रोत नखुलेको सम्पत्तिलाई नै अख्तियारले भ्रष्टाचारबाट आर्जित सम्पत्तिका रुपमा किटान गरी मुद्दा दायर गरेको हो । अख्तियारले स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाइएको चलअचल सम्पत्तिसमेत जफत गर्न मागदाबी लिएको छ ।

कोइरी सार्वजनिक सेवामा रहेको अवधिमा ३ करोड ३७ लाख ७९ हजार ४३४ रुपैयाँ बराबरको वैध स्रोत खुलेको र यो अवधिमा भएको लगानी र आयव्ययको हिसाब ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ बराबरको देखिएकाले स्रोत नखुलेको सम्पत्तिलाई अख्तियारले बिगो कायम गरेको हो ।

गैरकानुनी सम्पत्ति कोइरीले विभिन्न क्षेत्रमा लगानी गरी लुकाएको समेत अख्तियारको अभियोगपत्रमा उल्लेख छ । गैरकानुनी सम्पत्ति परिवारका सदस्यका नाममा लुकाएको भेटिएपछि पत्नी मालाकुमारी महतोलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि अख्तियारले प्रतिवादी बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने