"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको चुनावी घोषणापत्रका बारेमा ओलीको कटाक्ष

प्रकाशित मिति :  १३ बैशाख २०७९, मंगलवार १८:५८


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको बताएका छन्।

मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा मात्र भएको दाबी गरेका हुन्।

उनले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाए।


‘नेपाली कांग्रेसको घोषणापत्र भन्ने शीर्षक बाहिर छ। भित्र गाली पुराण छ। यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ’, उनले भने, ‘नेपाली कांग्रेसले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौं, नेकपा एमालेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए। हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमारु’

अध्यक्ष ओलीले २०६२र०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताए।

‘एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे। हाम्रा खोला खोल्सीहरूमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको। के भएको नेपाली काँग्रेसलाई’, उनले भने, ‘एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो। पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो। सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन। राष्ट्रपतिलाई शेरबहादुरलाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ। राष्ट्रपतिमाथि हमला गरेको छ। नेपाली कांग्रेसलाई सन्चो छ कि छैनरु एकपटक घोषणा गर्नुभन्दा अघि सोध्न मन लागेको छ।’


उनले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोपसमेत लगाए।

‘राजनीतिक, संवैधानिक, कानूनी कुरा गर्नुपर्‍यो नि। अधिकांश घोषणापत्र त्यस्तै छ,’ उनले भने, ‘अर्को पाटो संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ। संविधानबाट टिप्दै राख्दै गरेको छ। अर्को पक्ष पनि छ। एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ। चोर विद्यार्थीले चिट चारेझैँ।’

उनले नेपाली कांग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजनानै नभएको जिकिर गरे। कांग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको उनले बताए।

‘हेर्दा हेर्दै काँग्रेस के भएको रु काँग्रेसँग राजनीति छैन, सकियो। देश विकासको कुनै योजना र एजेण्डा छैन त्यो पनि सकियो। गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरुले आफू बित्दा काँग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ। केही छैन अहिले काँग्रेससँग,’ उनले भने।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाए। उनले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताए। अध्यक्ष ओलीले नेपाली कांग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताए। उनले गठबन्धन नामको कुहिएको लौरो आसन्न स्थानीय निर्वाचनबाट सकिने दाबीसमेत गरे।

‘नेपाली कांग्रेसका सभापति, सम्माननीय प्रधानमन्त्रीलाई तपाईँको देश बनाउने एजेण्डा के छरु भनेर सोध्नुस्। लोकतन्त्रको सम्बन्धमा तपाईको एजेण्डा के छ भनेर सोध्नुस्। सुशासन वा शासन सञ्चालन कसरी गर्ने भनेर सोध्नुस् । उहाँको जवाफ तपाई बढ्ता बोल्दै हुनुहुन्छ, नेपाली काँग्रेससँग कुनै एजेण्डा छैन भन्ने थाहा हुँदा हुँदै सोध्ने भन्ने आउँछ, नपत्याए गएर सोध्नुहोस्’, उनले भने।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभइ केन्द्र भएको दाबी गरे। चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टीनै नहुने उनको तर्क थियो।

अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गरे। उनले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले ननिकालेको आरोप लगाए।

‘नेपालमा अहिले माओवादी भन्ने पार्टी चुनावमा जाँदैछ। हुन त त्यो माओवादी पार्टी होइन, केन्द्र हो। यस्तो सेन्टरहरु विभिन्नले खोलेका छन् नि। यस्तै माओवादी एउटा सेन्टर हो’, उनले भने, ‘त्यसले चुनाव घोषणापत्र नै निकालेन। माओवादीको चुनाव घोषणापत्र छैन। कांग्रेसले निकालेकै छ भइगयो नि भन्नेछ।’

अध्यक्ष ओलीले नेकपा ९एकीकृत समाजवादी० पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाए। उनले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दाबी गरे।

‘फाटोवादी, चोइटोवादीले आफूलाई एकीकृत नाम राखेको छ र प्रतिक्रियावादीको पुच्छर भएको, प्रतिगामी शक्तिले आफूलाई समाजवादी भन्ने नाम राखेको छ । त्यसले हतारिएर घोषणापत्र निकाल्यो। त्यो घोषणापत्रमा केही पनि छैन,’ उनले भने।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने गाड्यन्त्र भइरहेको तर नेकपा एमालेले चुनाव सार्न नदिने स्पष्ट पारे।

उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनिकन अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। बुधबार काठमाडौंको मूलपानीमा