"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् अवरोध खुलाउने बैठक आज पनि निष्कर्षविहीन

प्रकाशित मिति :  11 June, 2025 2:59 pm


काठमाडौँ – संघीय संसद् प्रतिनिधिसभाको अवरोध खुलाउने बारेमा सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षबिना टुंगिएको छ । 

राजनीतिक दलहरूले आफ्ना अडान कायमै राखेकाले सभामुखले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको हो । सभामुखसँगको छलफल निष्कर्षविहीन भएपछि कांग्रेस, एमाले, माओवादी, रास्वपालगायतका दलहरू छुट्टै छलफल गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले आजको बैठक पहिलेभन्दा झन निराशाजनक रहेको बताएका छन् । उनीनिकट स्रोतका अनुसार उपसभामुख इन्दिरा राना, कानुनमन्त्री चौरसिया, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठक पहिलेभन्दा कमजोर रहेको बताएका हुन् ।

सभामुखले बोलाएको बैठक कुनै टुंगोमा नपुगेपछि कांग्रेसका महामन्त्री गगन थापा, प्रमुख सचेतक श्यामकुमार घिमिरे, गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक दल नेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियार लगायत छलफलमा जुटेका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरू पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

रास्वपाले जेठ २६ मा पाँचबुँदे प्रस्ताव कांग्रेससमक्ष राखेको थियो । उक्त प्रस्तावबारे बुधबार संसद् भवनमा विपक्षी दलहरूबीच छलफल भएको थियो । सत्तारूढ दलहरू एमाले र कांग्रेसले भने गृहमन्त्रीको राजीनामा पनि नआउने र छानबिन समिति पनि गठन नहुने अडान राख्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको