"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् अवरोध खुलाउने बैठक आज पनि निष्कर्षविहीन

प्रकाशित मिति :  11 June, 2025 2:59 pm


काठमाडौँ – संघीय संसद् प्रतिनिधिसभाको अवरोध खुलाउने बारेमा सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षबिना टुंगिएको छ । 

राजनीतिक दलहरूले आफ्ना अडान कायमै राखेकाले सभामुखले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको हो । सभामुखसँगको छलफल निष्कर्षविहीन भएपछि कांग्रेस, एमाले, माओवादी, रास्वपालगायतका दलहरू छुट्टै छलफल गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले आजको बैठक पहिलेभन्दा झन निराशाजनक रहेको बताएका छन् । उनीनिकट स्रोतका अनुसार उपसभामुख इन्दिरा राना, कानुनमन्त्री चौरसिया, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठक पहिलेभन्दा कमजोर रहेको बताएका हुन् ।

सभामुखले बोलाएको बैठक कुनै टुंगोमा नपुगेपछि कांग्रेसका महामन्त्री गगन थापा, प्रमुख सचेतक श्यामकुमार घिमिरे, गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक दल नेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियार लगायत छलफलमा जुटेका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरू पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

रास्वपाले जेठ २६ मा पाँचबुँदे प्रस्ताव कांग्रेससमक्ष राखेको थियो । उक्त प्रस्तावबारे बुधबार संसद् भवनमा विपक्षी दलहरूबीच छलफल भएको थियो । सत्तारूढ दलहरू एमाले र कांग्रेसले भने गृहमन्त्रीको राजीनामा पनि नआउने र छानबिन समिति पनि गठन नहुने अडान राख्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद