"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भिजिट भिसा प्रकरणमा अध्यागमनका बेथितिको छानबिन गर्न महत्त्वपूर्ण : अध्यक्ष दाहाल

प्रकाशित मिति :  12 June, 2025 9:48 pm


काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा महत्त्वपूर्ण नभएको बताएका छन् । प्रतिनिधिसभामा जेठ १३ देखि निरन्तर अवरोध गर्दै आएको प्रतिपक्षले भिजिट भिसा प्रकरण र अध्यागमनको बेथितिको अध्ययन र छानबिन महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रतिनिधिसभाको अवरोध हटाउने सम्बन्धमा बिहीबार दिनभर सत्ता र प्रतिपक्षी दलहरूसँग छलफल गरेपछि दाहालले अध्यागमनका बेथितिको छानबिन गर्ने विषय विपक्षी दलहरूका लागि महत्त्वपूर्ण रहेको बताएका हुन् । ‘प्रतिपक्षमा राजनीतिक ढंगले पनि हेर्नुपर्छ र यो भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका बेथितिको बारेमा गम्भीर अध्ययन, छानबिन गर्ने कुरा मुख्य हो र गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा हामी पुग्यौं,’ दाहालले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको अध्ययन र छानबिन गर्नका लागि सरकार तयार रहनुपर्ने दाहालको भनाइ थियो । त्यसका लागि सत्ता र प्रतिपक्षबीच लिखित समझदारीको तयारी भइरहेको पनि उनले जानकारी दिए । ‘केही लिखित समझदारी गर्ने अध्ययन र छानबिनको बारेमा भन्ने भएको छ । अब लिखित सहमति गर्ने ड्राफ्ट तयार गर्ने ठाउँतिर गयौं,’ उनले भने, ‘आज मैले प्रतिपक्षसँग छलफल गरिसके‍पछि सत्तापक्षको साथीहरूसँग छानबिन गर्ने प्रतिबद्धता नभईकन प्रतिपक्ष तयार हुने स्थिति छैन भनेको छु ।’

जनमत र संसद्मा उठेको विषयको गम्भीरतालाई हेरेर छानबिन अनिवार्य रहेको दाहालले बताए । ‘एउटा गृहमन्त्रीको कुरा मात्रै होइन । यो विगतदेखि नै अध्यागमनको समस्या अलिक विकराल नै देखिएको छ । यो समस्यालाई सत्तापक्ष र प्रतिपक्षी सबैले गम्भीरताका साथ लिनुपर्‍यो भन्ने कुरामा हामी सबैले कुरा गरेपछि सत्तापक्षको तर्फबाट अध्ययन र छानबिन गर्ने प्रतिबद्धता तथा संरचना बनाएर ठोस रुपमा पहल लिने भन्ने प्रतिबद्धता आएपछि प्रतिपक्षको बीचमा अत्यन्त सकारात्मक वातावरण बनेको छ,’ उनले भने ।

रास्वपाले उक्त प्रस्तावमा छलफलका लागि समय माग गरेपछि प्रतिनिधिसभाको बिहीबारको बैठक चल्न सकेन । रास्वपाले सत्तापक्षसँग पनि छलफलका लागि समय माग गरेकाले शुक्रबार मात्रै समझदारी बन्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने