"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा र राप्रपाको विरोधबीच सभामुखले बढाए संसद् बैठक

प्रकाशित मिति :  15 June, 2025 3:26 pm


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्‌ बैठकमा अवरोध गरे पनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् ।

संसद् सुरु हुनासाथ उठेर विरोध जनाएका रास्वपा र राप्रपाका सांसदको नाराबाजीका बीच सभामुख घिमिरेले सांसदलाई बोल्न दिएका छन् । संसद्मा अहिले अर्थमन्त्री विष्णु पौडेलले नाराबाजीका बीच आफ्नो भनाइ रोष्ट्रमबाट राखिरहेका छन् ।

बैठक बस्नुअघि सभामुख घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख घिमिरेले संसद् सञ्चालनकै विषयमा रास्वपाका कार्यवाहक सभापति अर्याल र राप्रपा अध्यक्ष लिङ्देनसँग पनि अलग-अलग छलफल गरेका थिए ।

रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद