"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा र राप्रपाको विरोधबीच सभामुखले बढाए संसद् बैठक

प्रकाशित मिति :  15 June, 2025 3:26 pm


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्‌ बैठकमा अवरोध गरे पनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् ।

संसद् सुरु हुनासाथ उठेर विरोध जनाएका रास्वपा र राप्रपाका सांसदको नाराबाजीका बीच सभामुख घिमिरेले सांसदलाई बोल्न दिएका छन् । संसद्मा अहिले अर्थमन्त्री विष्णु पौडेलले नाराबाजीका बीच आफ्नो भनाइ रोष्ट्रमबाट राखिरहेका छन् ।

बैठक बस्नुअघि सभामुख घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख घिमिरेले संसद् सञ्चालनकै विषयमा रास्वपाका कार्यवाहक सभापति अर्याल र राप्रपा अध्यक्ष लिङ्देनसँग पनि अलग-अलग छलफल गरेका थिए ।

रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको