"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओली, देउवा र दाहाललाई संन्यास लिन महामन्त्री शर्माको आग्रह

प्रकाशित मिति :  16 June, 2025 4:30 pm


झापा – नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले तीन शीर्ष नेतालाई संन्यास लिन आग्रह गरेका छन् ।देशले राम्रो अभिभावक खोजिरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई २०८३ मा सन्यास लिन पनि आग्रह गरे ।

‘यो देशलाई सिंगो राष्ट्रको राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको जरुरी छ । २०८३ साल यसका लागि सुखद साल हुन सक्छ,’ झापा मेचीनगरस्थित धुलाबारी खानेपानी उपभोक्ता समितिको खानेपानी ट्यांकी शिलान्यास गर्न गृहनगर आइपुगेका शर्माले भने, ‘०८३ मा तीन संन्यास- तीन अभिभावक हुन सक्ने गरी त्यो अवधारणा बन्न सक्यो र त्रय नेताले पनि स्थापित भएर गरिदिनुभयो भने नागरिकमा पनि आशा र उत्साह बढ्छ,’ उनले भने ।

कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले पार्टीको आगामी महाधिवेशनमार्फत सभापति परिवर्तन हुने बताएका छन् । नेपाली कांग्रेसको विधानमै यससम्बन्धी स्पष्ट व्यवस्था रहेको बताउँदै उनले आगामी सभापति को बन्ने ? भन्ने विषयमा समेत छलफल र बहस चलिरहेको बताए । ‘अब हामी अर्को सभापति बनाउँदै गर्दा को बन्ने भन्ने पनि हाम्रो छलफल बहसका विषय छन् । हामी परिवर्तनमा जान्छौं,’ उनले भने ।

मेचीनगर–९ स्थित पशुपति गाउँमा बन्न लागेको ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्यांकी उनले शिलान्यास गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद