"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्‌मा रास्वपाका सांसद निलो रिबनसहित सहभागी भएपछि कांग्रेसको आपत्ति

प्रकाशित मिति :  17 June, 2025 3:51 pm


नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षदलहरुले विरोध गर्दै । तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू निलो रिबन लगाएर मंगलबारको प्रतिनिधिसभा बैठकमा सहभागी भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्को नियमावलीअनुसार अमर्यादित पोसाक लगाउन नपाइने स्पष्ट व्यवस्था रहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्।

‘संसद् सचिवालयको नियमावलीको दफा ३० अनुसार अमर्यादित व्यवहार गरे सभामुखले चेतावनी दिन सक्ने प्रावधान छ,’ प्रमुख सचेतक घिमिरेले भने, ‘त्यस्तो चेतावनी पाएपछि सदस्यले तुरुन्तै आफ्नो व्यवहार नियन्त्रण गर्नुपर्ने व्यवस्था छ। नियम ३१ मा आवश्यक भए बैठककक्षबाट निष्कासन गर्न सकिने उल्लेख गरिएको छ।’

उनले सांसदहरूले लगाएको निलो रिबन मर्यादित पोसाकको दायराभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न उठाउँदै भने, ‘यदि यसरी स्कार्फ, रिबन जस्ता चिजहरू भिरेर आउन थालियो भने भोलि कोही हाफ पाइन्ट लगाएर, कोही अन्य कुनै अनौपचारिक पोसाकमा आउन सक्ने अवस्था आउँछ। यस्तो कार्यले संसद्को गरिमा घटाउँछ, सभामुखले आवश्यक कारबाही गर्नुपर्छ।’

रास्वपाका सांसदहरू भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै केही दिनदेखि लगातार विरोध जनाउँदै आएका छन्। आज पनि उनीहरू निलो रिबनसहित संसद्मा उपस्थित भएका थिए।

पार्टीका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार निलो रिबन मानव तस्करीविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक भएकोले त्यसकै सन्देश दिन सांसदहरूले रिबन लगाएका हुन्। गत जेठ १३ गतेदेखि रास्वपाले संसद्‌मा गृहमन्त्रीमाथि छानबिनको माग राख्दै निरन्तर विरोध जनाइरहेको छ। तर सत्तापक्षले भने उक्त माग अस्वीकार गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद