"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक

प्रकाशित मिति :  18 June, 2025 10:18 pm


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच छलफल भएको छ। भेटवार्तामा संसदको अवरोध अन्त्य गर्ने, बजेटलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। संसदमा र संसदीय समितिमा भएका विधेयकहरुलाई अघि बढाउने विषयमा पनि छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, ऊर्जामन्त्री दीपक खड्का थिए।

भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले सदनमा विरोध गरिरहेका छन्। रास्वपा सांसदहरू निलो स्कार्फसहित उपस्थित भएपछि मंगलबार बैठक बस्न सकेको थिएन। रास्वपा सांसदहरू निलो स्कार्फसहित उपस्थित भएपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद