"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक

प्रकाशित मिति :  18 June, 2025 10:18 pm


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच छलफल भएको छ। भेटवार्तामा संसदको अवरोध अन्त्य गर्ने, बजेटलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। संसदमा र संसदीय समितिमा भएका विधेयकहरुलाई अघि बढाउने विषयमा पनि छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, ऊर्जामन्त्री दीपक खड्का थिए।

भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले सदनमा विरोध गरिरहेका छन्। रास्वपा सांसदहरू निलो स्कार्फसहित उपस्थित भएपछि मंगलबार बैठक बस्न सकेको थिएन। रास्वपा सांसदहरू निलो स्कार्फसहित उपस्थित भएपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको