"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसका बागी पार्टीबाट स्वत : निष्कासित

प्रकाशित मिति :  30 April, 2022 11:35 am


काठमाडौँ । बागी उम्मेदवार बनेका नेता–कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यबाट पनि निष्काशित गरेको छ । त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरू पनि स्वतः पार्टीबाट निष्कासित हुने कांग्रेसले जनाएको छ ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता विधानको व्यवस्थाबमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यसअघि कांग्रेसले एमालेसँग तालमेल गरेर स्वतन्त्र उम्मेदवार उठाएको भन्दै डडेल्धुराका पूर्वसभापति कर्ण मल्ललाई निष्कासित गरेको थियो । कांग्रेसको विधान, २०१७ को धारा उपधारा ४ ९१३० मा ‘कुनै पनि निर्वाचनमा पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवार भएमा वा त्यस्ता विद्रोही उम्मेदवारको प्रस्तावक–समर्थक भएमा पार्टी सदस्यता पार्टी सदस्यता स्वतः निष्कासित हुने’ व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने