"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मोहन बस्नेतप्रति गगन थापाको जवाफ – ‘फोहोर चलाएर फोहोरी बन्दिनँ’

प्रकाशित मिति :  2 July, 2025 7:57 pm


काठमाडौं  – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोर चलाएर आफू फोहोरी नबन्ने बताएका छन्। बुधबार केन्द्रीय समिति बैठकमा थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित आरोपलाई खण्डन गर्दै फोहोरी बन्न नचाहेको बताएका हुन्।

‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ,’ थापाले भने।  मोहन बस्नेतले केन्द्रीय बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाएपछि थापाले ती आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काएका हुन्। टेरामक्स प्रकरणमा मुछिँएका बस्नेत धरौटीमा छुटेका थिए।

‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु- फोहोर चलाए आफैं फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु,’ उनले भने। थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरेका छन्।

उनले भने, ‘म तरूण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ। तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद