"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘काल्पनिक’ विद्यालयका नाममा योजना पारेर भ्रष्टाचार गर्ने ४ जनाविरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति :  3 July, 2025 11:03 pm


काठमाडौँ – डोल्पाको दुनैस्थित ‘काल्पनिक’ दुर्गा प्राथमिक विद्यालयको नाममा ७ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा चार जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार दुर्गा प्रा.वि. नामक विद्यालय कुनै पनि बेला सञ्चालनमा नरहेको पुष्टि भएको अवस्थामा समेत त्यसै नाममा २ कोठे भवन निर्माणको योजना बनाएर रकम निकासा गरिएको थियो ।

आर्थिक वर्ष २०६७/६८ मा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट आएको भनिएको रकम विद्यालय भवन निर्माणमा खर्च गरिएको नक्कली विवरण तयार पारिएको पाइएको हो ।

मुद्दामा जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन अनुसार कैद, जरिवाना र बिगो असुलसहितको सजाय माग गर्दै आयोगले मुद्दा दायर गरेको हो । चारै जना प्रतिवादीहरूमाथि समानरूपमा रु. ७ लाख ६० हजारको बिगो माग गरिएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद