"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : प्रधानन्यायाधीश राउत

प्रकाशित मिति :  10 July, 2025 10:24 pm


काठमाडौँ — प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रतामा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले न्यायिक स्वतन्त्रता न्यायपालिकाको आत्मा भएको उल्लेख गर्दै यसबाट प्रधानन्यायाधीश पनि टाढा हुन नसक्ने बताए।  उनले न्यायाधीशहरूको न्यायिक निर्णय, काम–कारबाही र भूमिकामा निष्ठाको आवश्यकता रहेको बताए।  पछिल्लो समय निष्ठा भए पनि व्यत्ति पाउन गाह्रो रहेको उनको भनाइ छ। उनले अदालतको कुनै एक मुद्दालाई लिएर न्यायपालिकाको समग्र विश्वसनीयतामाथि प्रश्न उठाउनु अनुचित हुने धारणा राखे।  

उनले भने, ‘न्यायाधीशको इन्डिपेन्डेन्स भनेको न्यायपालिकाको आत्मा हो। त्यसमा हस्तक्षेप अस्वीकार्य हुन्छ। त्यो दर्शनबाट प्रधानन्यायाधीश धेरै टाढा रहँदैन। हाम्रा काम कारबाहीहरू, हाम्रा निर्णयहरू, हाम्रा भूमिकाहरू ठिक ठाउँमा प्रयोग हुनुपर्दछ। यस सम्बन्धमा निष्ठा नभएको मान्छेले गर्न थाल्यो भने कुरा अन्तै पर्छ। अहिलेको समयमा निष्ठा भएको मान्छे खोज्न थाल्यो भने मुस्किल छ। मैले हजारौं मुद्दा फैसला गरेँ अथवा हाम्रो अदालतबाट भएका हजारौं फैसलामध्ये एउटा मुद्दा तलमाथि भयो भने दिहाल्छन् अरू ९९९ वटा मुद्दाको कुनै सरोकार नै छन्। त्यसका बाबजुद पनि मैले न्यायापालिाको जिम्मा लिन्छु भनेको छु। लिन्छु पनि।’ 

उनले तमाम चुनौतीका बीच पनि आफू न्यायपालिकाको जिम्मेवारी लिन तयार रहेको दोहोर्‍याए।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद