"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सामान्य प्रशासनमन्त्रीको अडियो प्रकरणबारे माओवादी र रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

प्रकाशित मिति :  13 July, 2025 4:40 pm


काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसदहरुले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको जबाफ माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्दै माओवादी सांसदहरुले सामान्य प्रशासनमन्त्रीको घुससम्बन्धी अडियो प्रकरणमा सरकारको जबाफ माग गरेका हुन्।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको घुस ‘डिल’ सम्बन्धी समाचारहरु सार्वजनिक भएको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिन माग गरे। उनले सुशासनका विषयमा बलियो कदम चाल्नसमेत सरकारको ध्यानाकर्षण गराए।

माओवादी केन्द्रकी सांसद रेखा शर्माले सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाखको डिल गरेको भन्ने समाचार बाहिर आइरहेको भन्दै प्रधानमन्त्रीले सदनमा जानकारी गराउन माग गरिन्।

शर्माले यस प्रकरण छानबिन गरी दोषी भेटिए कारबाही हुनुपर्ने बताइन्। माओवादी केन्द्रका अर्का सांसद सुदन किरातीले सुशासनका लागि भनेर बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको दाबी गरे।

सामान्य प्रशासनमन्त्री र भूमि सुधारमन्त्रीको बारेमा सञ्चारमाध्यममा आएका विषयमा सरकारका तर्फबाट संसद्लाई सत्यतथ्य जानकारी गराउनुपर्ने माग उनको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रतिपक्षीले सरकारको जबाफ माग गरेको हो। यस बिषयमा सत्तापक्ष दलबाट भने कुनै प्रतिक्रिया आएको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद