"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सामान्य प्रशासनमन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न महामन्त्री गगन थापाको माग

प्रकाशित मिति :  14 July, 2025 8:38 pm


काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्। मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि थापाले उनलाई बर्खास्त गर्न माग गरेका हुन्।

महामन्त्री थापाले बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने बताए। सोमबार कांग्रेसको बुद्धिजीवी विभागले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने,‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो। यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो। तर टिप्पणी गर्नुपर्ने अवस्था आयो। प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु, तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्।’

थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नहुने पनि बताए। ‘यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ। यसको छानबिन हुनुपर्छ,’ थापाले भने,‘संलग्न भएका अरू को-को छन्? कोही छन् भने कसैको बारेमा अहिले टिकाटिप्पणी गर्ने कुरा हतारो हुन्छ। तर अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई कारबाही हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद