"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सामान्य प्रशासनमन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न महामन्त्री गगन थापाको माग

प्रकाशित मिति :  14 July, 2025 8:38 pm


काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्। मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि थापाले उनलाई बर्खास्त गर्न माग गरेका हुन्।

महामन्त्री थापाले बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने बताए। सोमबार कांग्रेसको बुद्धिजीवी विभागले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने,‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो। यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो। तर टिप्पणी गर्नुपर्ने अवस्था आयो। प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु, तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्।’

थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नहुने पनि बताए। ‘यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ। यसको छानबिन हुनुपर्छ,’ थापाले भने,‘संलग्न भएका अरू को-को छन्? कोही छन् भने कसैको बारेमा अहिले टिकाटिप्पणी गर्ने कुरा हतारो हुन्छ। तर अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई कारबाही हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको