"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको सदस्यताबाट वञ्चित गर्नुपर्ने कुनै कारण छैन : भण्डारी

प्रकाशित मिति :  25 July, 2025 9:01 pm


काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई एमालेको सदस्यताबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताएकी छन्।राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी भण्डारीले यस्तो अभिव्यक्ति दिएकी हुन्। नेकपा एमालेको गत मंगलबार बसेको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा लाग्ने बाटो ढोका बन्द गरेको थियो।

सोही बैठकको निर्णयको प्रतिक्रिया भण्डारीले पत्रकार सम्मेलन गरेर दिएकी हुन्। उनले आफूले पार्टी सदस्यता नवीकरण गराइसकेकाले त्यसबारे पार्टी बैठकमा छलफल गर्नु नै औचित्यहीन रहेको पनि बताइन्। भण्डारीले असार १४ गते राजधानीमा आयोजित एक कार्यक्रममा पार्टीमा आबद्ध भएर देश र जनताको सेवा गर्ने घोषणा मात्रै गरेकी थिइनन्, एमालेको सदस्यता नवीकरण गरिसकेको पनि जानकारी गराएकी थिइन्।

भण्डारीले भनिन्, ‘नेकपा एमालेका केन्द्रीय समितिसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यताका विषयमा सञ्चारमाध्यमबाट थाहा पाएँ।’ उनले आफ्नो पार्टी सदस्यताका विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपूर्ण छलफल भएको पनि जानकारी दिइन्।

भण्डारीले आफूले सदस्यता नवीकरण र पार्टीमा आफ्नो जिम्मेवारीबारेमा अन्य नेताहरूसँग पटकपटक कुराकानी हुँदै आएको पनि बताइन्। उनले भनिन्, ‘मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिवत् ढंगले सदस्यता नवीकरण गरेको, यसै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेकी थिएँ।’ उनले पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै नरहेको पनि बताइन्।

आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरी राजनीतिक दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प लिएको भण्डारीको भनाइ छ। उनले भनिन्, ‘यो संवैधानिक अधिकार मात्र होइन आफ्नो बाँकी जीवन पार्टीमा लगाएर देश र जनताको सेवा गर्ने निर्णयमा म पुगेको हुँ।’

कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा, आशक्ति आफूमा नरहेको पनि उनले बताइन्। भण्डारीले भनिन्, ‘किनभने मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु।’ मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल र सुदृढ बनाउने, एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने हो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद