"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विधान महाधिवेशनमा सुझाव पठाउन एमालेको निर्देशन

प्रकाशित मिति :  30 July, 2025 5:57 pm


काठमाडौँ — नेकपा (एमाले) ले दसौं महाधिवेशनका प्रतिनिधिहरूको सूची अद्यावधिक गर्न जिल्ला र प्रदेशलाई निर्देशन दिएको छ। भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनमा दसौं महाधिवेशनका प्रतिनिधि मात्रै रहने हुँदा उनीहरूको सूची अद्यावधिक गरेर साउन मसान्तभित्र केन्द्रमा पठाउन एमालेले निर्देशन दिएको हो।

‘केन्द्रीय सचिवालयले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको सूची अद्यावधिक गर्ने प्रयोजनका लागि प्रदेशमा पठाएको छ। उक्त सूचीमा सम्बन्धित प्रदेश र जिल्लाले हटाउनुपर्ने नाम रहेको भए सोको विवरण कैफियत खोलेर यही महिनाको मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ,’ एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ।

एमालेले विधान महाधिवेशनको लागि जनताको बहुदलीय जनवादको प्रतिस्पर्धा, पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने दृष्टिकोणमा आधारित रहेर आन्तरिक लोकतन्त्रलाई फराकिलो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको बताएको छ।

केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखितरूपमा भदौ १० सम्म पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनु पर्ने पनि एमालेले बताएको छ।  ‘यसरी प्राप्त सुझावहरू उपर विधान महाधिवेशनपूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइनेछ,’ एमालेले भनेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद