"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विधान महाधिवेशनमा सुझाव पठाउन एमालेको निर्देशन

प्रकाशित मिति :  30 July, 2025 5:57 pm


काठमाडौँ — नेकपा (एमाले) ले दसौं महाधिवेशनका प्रतिनिधिहरूको सूची अद्यावधिक गर्न जिल्ला र प्रदेशलाई निर्देशन दिएको छ। भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनमा दसौं महाधिवेशनका प्रतिनिधि मात्रै रहने हुँदा उनीहरूको सूची अद्यावधिक गरेर साउन मसान्तभित्र केन्द्रमा पठाउन एमालेले निर्देशन दिएको हो।

‘केन्द्रीय सचिवालयले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको सूची अद्यावधिक गर्ने प्रयोजनका लागि प्रदेशमा पठाएको छ। उक्त सूचीमा सम्बन्धित प्रदेश र जिल्लाले हटाउनुपर्ने नाम रहेको भए सोको विवरण कैफियत खोलेर यही महिनाको मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ,’ एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ।

एमालेले विधान महाधिवेशनको लागि जनताको बहुदलीय जनवादको प्रतिस्पर्धा, पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने दृष्टिकोणमा आधारित रहेर आन्तरिक लोकतन्त्रलाई फराकिलो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको बताएको छ।

केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखितरूपमा भदौ १० सम्म पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनु पर्ने पनि एमालेले बताएको छ।  ‘यसरी प्राप्त सुझावहरू उपर विधान महाधिवेशनपूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइनेछ,’ एमालेले भनेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको