"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले बहुविवाहलाई प्रोत्साहन गर्ने कानुन ल्याउदैन : कानुनमन्त्री चौरसिया

प्रकाशित मिति :  3 August, 2025 3:31 pm


काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कुनै कानुन नल्याइने बताएका छन्। आइतबार नेपाली कांग्रेसनिकट नेपाल महिला संघको ज्ञापनपत्र बुझ्दै मन्त्री चौरसियाले वर्तमान सरकार बहुविवाहलाई वैधता दिने पक्षमा नरहेको बताए।

उनका अनुसार सरकारद्वारा प्रस्तावित मुलुकी देवानी (संहिता) ऐन २०७४ को संशोधन बहुविवाहलाई वैधता दिने नभई गलत सम्बन्धबाट जन्मिने सन्तानको अधिकार सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको हो।

‘गलत सम्बन्ध’ भन्नाले एक पक्षले अर्कोलाई ढाँटेर कायम गरेको वैवाहिक जस्तो सम्बन्धबाट गर्भ रहन गएको अवस्था बुझिने छ। मन्त्री चौरसियाका अनुसार त्यस्ता सम्बन्धबाट जन्मिएका सन्तानको हाडनाता, संरक्षण र क्षतिपूर्तिको अधिकार सुनिश्चित गर्न कानुन संशोधनको प्रस्ताव गरिएको हो।

‘बहुविवाहको कुरा मस्यौदामा छैन। यदि बहुविवाह प्रोत्साहित हुन्छ भन्ने ठानिएको हो भने त्यो अंश हटाउन पनि तयार छौं,’ मन्त्री चौरसियाले भने।

उनले यस्तो संशोधनले महिला वा पुरुष कुनै एकलाई मात्र नभई दुवै पक्षलाई समान जिम्मेवारीमा ल्याउने व्यवस्था गर्ने उद्देश्य राखेको बताए। साथै उनले बच्चाको कुनै दोष नहुने भएकाले उसलाई अधिकारबाट बञ्चित गर्न नमिल्ने तर्क प्रस्तुत गरे।

मन्त्री चौरसियाले कानुन महिलामैत्री हुनुपर्ने बताए। ‘महिलाको भविष्यमा अप्ठ्यारो नपर्ने गरी कानुन ल्याउने हो,’ उनले भने।अहिलेसम्म उक्त मस्यौदा मन्त्रिपरिषद् अन्तर्गतको समितिमा छलफलकै चरणमा रहेको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय