"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विप्लवसँग एकता गर्ने माओवादी निर्णय

प्रकाशित मिति :  4 August, 2025 9:29 pm


काठमाडौँ – माओवादी केन्द्रले पोखरामा पुगेर रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ १५ गतेदेखि सुरु गर्ने भएको छ। अभियान ताप्लेजुङमा अन्त्य गर्ने निर्णय भएको सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। यस्तै दसैँ र तिहारको बीचमा केन्द्रीय समिति बैठक आह्वान निर्णय भएको छ।

बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। सापकोटाले नेकपा एकीकृत समाजवादीसँग पनि एकताका बारेमा छलफल भइरहेको जानकारी दिए। सापकोटाका अनुसार बैठकले गुटउपगुट र स्वार्थ समूह विघटनका साथै अनुशासन बाहिरका गतिविधि गर्ने नेता तथा कार्यकतालाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ। यसैगरी पार्टीभित्रको गुट उपगुटका बारेमा अनुगमन गर्न तल्ला कमिटीसम्म विभिन्न समिति बनाउने निर्णय भएको छ।

स्थायी कमिटीले पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आचारसंहिता र नियमावली निर्माण गर्ने तथा पार्टीलाई विधि पद्धति र प्रक्रियामा सञ्चालन गर्ने निर्णय छ। बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले आफूले उठाएका विषयलाई पार्टीभित्र विस्तृत रुपमा छलफल गर्न सहमत भएको र बैठकको निर्णयमा हस्ताक्षर गर्न समेत सहमत भएको प्रवक्ता सापकोटाले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद