"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौंमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्दै

प्रकाशित मिति :  6 May, 2022 1:02 pm


काठमाडौं । सत्ता गठबन्धनका दलहरुले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन् । शान्तिवाटिकामा दिउँसो एक बजे चुनावी सभा हुने नेताहरुले बताएका छन् ।

सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँ ९सबुज०ले जानकारी दिए ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख शहरहरुमा चुनावी सभा गर्ने निर्णय यसअघि गठबन्धनका दलहरुले गरेका थिए । सोहीअनुसार बिहीबार चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा भएको थियो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल पनि गरेका छन् ।

सत्ता गठबन्धनका दलहरुले काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंहलाई मेयर पदको उम्मेदवार बनाएका छन् । यसैगरी उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने