"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा

प्रकाशित मिति :  9 August, 2025 10:34 pm


भक्तपुर — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताएका छन् । शनिबार बालकोटमा आयोजित स्व. श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा कांग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भन्दै सबैले आत्मसमीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

महामन्त्री थापाले देशका समस्याको समाधान दिनुपर्ने पार्टीमै आत्मविश्वास कमजोर भएको जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताए । ‘नेपाली समाजमा असन्तुष्टि छन्, नागरिक रिसाएको अवस्था छ । यसबाट देशलाई बाहिर निकाल्ने र सम्हाल्ने काम कांग्रेसको काँधमा छ । देश बनाउनसक्ने कांग्रेसले हो भन्ने सन्देश दिनेगरी काम गर्न आवश्यक छ’, उनले भने,’पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको छ । त्यो डर त्यागेर कांग्रेसलाई बलियो बनाउन अग्रज नेताको मार्गनिर्देशन पालन गर्न लागौँ ।’

महामन्त्री थापाले युवाहरूको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्नुपर्ने र त्यसलाई कदर गर्दै देशभित्र अवसर सिर्जना गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले आगामी दिनमा नेपाली कांग्रेसले कृत्रिम बौद्धिकता (एआई) सँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने भन्दै ‘एआई राजनीति’ का लागि पनि तयार रहनुपर्ने धारणा राखे ।

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रमा कोइराला पौडेल, बागमती प्रदेशका पूर्वमन्त्रीद्वय सुरजचन्द्र लामिछाने र कृष्णलाल भँडेल, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकार कविर राणालगायतले स्व. कार्कीको योगदानबारे चर्चा गरे । स्मृति सभासँगै आयोजित रक्तदान कार्यक्रम ७२ जनाले रक्तदान गरेको र विद्यार्थीलाई एक सय वटा स्कुल ब्याग, स्टेसनरी र खेलकुल सामग्री हस्तान्तरण गरिएको स्व. श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको