"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भूमिसम्बन्धी विधेयकमा मन्त्रालयको प्रतिवेदन समितिमा छलफल

प्रकाशित मिति :  11 August, 2025 7:50 am


काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेस गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा मन्त्रालयले विधेयकमाथि समितिमा भएको छलफलका आधारमा विधेयकको प्रतिवेदन पेस गरेको हो।

प्रतिवेदनमा निश्चित उपयोगका लागि सम्बन्धित निकायबाट कानुनबमोजिम अनुमति प्राप्त गर्दा जग्गा उपयोग सम्बन्धी डीपीआर र सम्बन्धित निकायबाट स्वीकृत भएको वातावरणीय अध्ययन प्रतिवेदनको प्रमाणित प्रतिवेदन पेस गर्नुपर्ने लगायत उल्लेख गरिएको छ भने सरकारले स्वीकृति दिएको हदभित्रको जग्गा वा घडेरीमा घर वा आवास इकाई निर्माण गरी बिक्री गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

बैठकमा सांसदहरुले समितिमा भएको छलफलबाहेकका विषयलाई समेत मन्त्रालयले प्रतिवेदनमा राखेको भन्दै आपत्ति जनाएका थिए।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वातावरणीय अध्ययन प्रतिवेदनका विषयमा कुनै आशंका नगर्न आग्रह गरे। दफावार छलफलका क्रममा टुंगिएका र सहमति भएका विषयलाई नै मन्त्रालयले प्रतिवेदन बनाएर लिएर आएको उनको भनाइ छ।

समिति सभापति कुसुमदेवी थापाले विधेयकको प्रतिवेदनका सन्दर्भमा भाषागत रुपमा नमिलेका र छुटेका विषयहरु अध्ययन गरेर आउन सदस्यहरुलाई आग्रह गरिन्। अर्को बैठकमा अन्तिम छलफल गरेपछि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गर्ने समितिको तयारी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने