"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा एक चौथाइ पनि सांसद उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित

प्रकाशित मिति :  13 August, 2025 9:44 pm


काठमाडौं – एक चौथाइ सांसद पनि संसद्मा उपस्थित नहुँदा प्रतिनधि सभाको बैठक स्थगित भएको छ । संविधानको धारा ९४ मा कुनै पनि प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठक यही एक चौथाइ सांसद अर्थात, गणपुरक संख्या नपुगेर स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमाथि बिार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले गणपुरक संख्या रहे÷नरहेको यकिन गर्न माग गरिन् । त्यसपछि सभामुख घिमिरेले तीन मिनेट घण्टी बजाएर सांसद् कति जना सभामा उपस्थित छन् भनेर गणना गरे ।

सभामुख घिमिरेका अनुसार गणना गर्दा सभामा ६६ जना मात्रै उपस्थित रहेको थाहा लाग्यो । २७५ सदस्यीय सभामा एक चौथाइ अर्थात ७९ जना सांसद् भए मात्रै कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न सकिने संवैधानिक व्यवस्था छ ।

एक चौथाइ सांसद पनि संसद्मा उपस्थित नरहेको थाहा लागेपछि सभामुख घिमिरेले सभाका बाँकी कार्यसूची स्थगन गर्दै बैठक नै स्थगित गरिदिए । अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने