"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा एक चौथाइ पनि सांसद उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित

प्रकाशित मिति :  13 August, 2025 9:44 pm


काठमाडौं – एक चौथाइ सांसद पनि संसद्मा उपस्थित नहुँदा प्रतिनधि सभाको बैठक स्थगित भएको छ । संविधानको धारा ९४ मा कुनै पनि प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठक यही एक चौथाइ सांसद अर्थात, गणपुरक संख्या नपुगेर स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमाथि बिार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले गणपुरक संख्या रहे÷नरहेको यकिन गर्न माग गरिन् । त्यसपछि सभामुख घिमिरेले तीन मिनेट घण्टी बजाएर सांसद् कति जना सभामा उपस्थित छन् भनेर गणना गरे ।

सभामुख घिमिरेका अनुसार गणना गर्दा सभामा ६६ जना मात्रै उपस्थित रहेको थाहा लाग्यो । २७५ सदस्यीय सभामा एक चौथाइ अर्थात ७९ जना सांसद् भए मात्रै कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न सकिने संवैधानिक व्यवस्था छ ।

एक चौथाइ सांसद पनि संसद्मा उपस्थित नरहेको थाहा लागेपछि सभामुख घिमिरेले सभाका बाँकी कार्यसूची स्थगन गर्दै बैठक नै स्थगित गरिदिए । अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय