"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपसभामुख हटाउने प्रयासमा विपक्षी दल सशक्त विरोध गरेर जाने निष्कर्षमा

प्रकाशित मिति :  19 August, 2025 6:10 pm


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी थालेपछि विपक्षी दलहरूले त्यसको कडा विरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा मंगलबार सिंहदरबारमा बसेको बैठकपछि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका दलहरूको कदमलाई निरंकुश र दुरासयपूर्ण भनेका छन्।

श्रेष्ठले भने, ‘उपसभामुखलाई हटाउने प्रयोजनका लागि खाली कागजमा हस्ताक्षर अभियान चलाएको घटनाले सत्तारूढ दलहरूको निरंकुशता र दुरासयलाई नाङ्गो पारेको छ। यसले लोकतन्त्रको धज्जी उडाएको छ।’ उनले उपसभामुखको पदअनुकूल आचरणसँग सम्बन्धित नभई संवैधानिक परिषद्मा बहुमत जुटाएर आफूअनुकूल पदाधिकारी नियुक्त गर्ने तयारीस्वरूप यस्तो कदम चालिएको आरोप लगाए।

श्रेष्ठले थपे,‘देशलाई गम्भीर नकारात्मक दिशामा धकेल्ने र लोकतान्त्रिक उपलब्धि संकटमा पार्ने यस्ता कदमलाई असफल पार्न तात्कालिक स्वार्थभन्दा माथि उठेर सबै एकजुट हुन आवश्यक छ।’ बैठकले सरकारमा रहेका दलहरूको कदमको घोर भर्त्सना गर्दै उक्त प्रयासलाई असफल पार्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याललगायत नेताहरू सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने