"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा सत्ता पक्ष र प्रतिपक्ष सांसदविच नोकझोक

प्रकाशित मिति :  20 August, 2025 3:43 pm


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रस्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरिएको भन्दै सत्तारूढ दलहरूप्रति कटाक्ष गरेपछि नेकपा (एमाले) का सांसद सूर्य थापाले नियमापत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले एमाले र कांग्रेसका सांसदलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी गरेपछि सांसद थापाले आपत्ति जनाए । सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाइन् । उनले भनिन्, ‘संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन ? कस्तो पार्टी ? कस्ता सांसद ? धिक्कार होस् ।’

कार्कीले अगाडि थपिन्, ‘हिजो दिनभरि नौटंकी देखियो । एमाले र नेपाली कांग्रेसले आफ्ना माननीयलाई खाली कागजमा हस्ताक्षर गरेको भन्ने खबर सुनियो । यो केका लागि त ? यो किन त भन्दा उपसभामुखलाई अविश्वासको प्रस्तावमार्फत हटाउन रे । उनीहरूलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्‍याएर आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखमाथि महाअभियोग लगाउने कुरा चल्यो । सही गराउने कस्तो पार्टी ? सांसद कस्ता ? धिक्कार होस् ।’

लगत्तै सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्द स्वीकार्य नहुने बताए । उनले ‘मण्डले’हरूसँग लामो समयसम्म लडेर आफूहरू आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह समेत गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको