"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा सत्ता पक्ष र प्रतिपक्ष सांसदविच नोकझोक

प्रकाशित मिति :  20 August, 2025 3:43 pm


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रस्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरिएको भन्दै सत्तारूढ दलहरूप्रति कटाक्ष गरेपछि नेकपा (एमाले) का सांसद सूर्य थापाले नियमापत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले एमाले र कांग्रेसका सांसदलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी गरेपछि सांसद थापाले आपत्ति जनाए । सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाइन् । उनले भनिन्, ‘संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन ? कस्तो पार्टी ? कस्ता सांसद ? धिक्कार होस् ।’

कार्कीले अगाडि थपिन्, ‘हिजो दिनभरि नौटंकी देखियो । एमाले र नेपाली कांग्रेसले आफ्ना माननीयलाई खाली कागजमा हस्ताक्षर गरेको भन्ने खबर सुनियो । यो केका लागि त ? यो किन त भन्दा उपसभामुखलाई अविश्वासको प्रस्तावमार्फत हटाउन रे । उनीहरूलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्‍याएर आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखमाथि महाअभियोग लगाउने कुरा चल्यो । सही गराउने कस्तो पार्टी ? सांसद कस्ता ? धिक्कार होस् ।’

लगत्तै सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्द स्वीकार्य नहुने बताए । उनले ‘मण्डले’हरूसँग लामो समयसम्म लडेर आफूहरू आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह समेत गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय